स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले गृहकार्य गरिरहेको छ : मन्त्री थापा « Image Khabar


स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सरकारले गृहकार्य गरिरहेको छ : मन्त्री थापा


Imagekhabar
११ पुष २०७३, सोमबार १४:१२

नेपाल प्रेस युनियनको रजत महोत्सवका अवसरमा सोमबार काठमाडौंमा गरिएको पत्रकारहरुको निःशुल्क मिर्गौला परीक्षण कार्यक्रममा उनले जनतासँग जोडिएको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनु सरकारको दायित्व भएकाले आफूले त्यसैका लागि काम गरिरहेको बताए ।

उनले नियमित स्वास्थ्य परीक्षणका लागि चेतनामूलक कार्यक्रम ग्रामीण बस्तीसम्म पुर्‍याउन सन्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सहरकेन्द्रित स्वास्थ्य सेवालाई गाउँतहसम्म पुर्‍याउन सरकारले पहल गरिरहेको जानकारी दिए ।

नेपाल प्रेस युनियनले भने सन्चारकर्मीलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिदिन माग गरेको छ ।

युनियनले गरेको शिविरमा झन्डै २ सय सन्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्