३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


पुरुष फुटबलमा पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा


0
Shares

समूह ‘ए’को विजेता बन्दै पुलिस र उपविजेता बनेको मध्यमाञ्चल सेमिफाइनलमा पुगेका हुन् ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल पुलिसले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–१ ले पराजित गर्दै समूह ‘ए’को विजेता बनेको हो ।

सोमबारै दोस्रो खेलमा यसअघि एक खेल जितेको पश्चिमाञ्चल पूर्वाञ्चलसँग ३–१ गोलले पराजित भएपछि पुलिसलाई समूह विजेता बन्ने ढोका खुलेको थियो ।

लिग चरणको खेलमा पुलिस र मध्यमाञ्चलले समानरुपमा ६–६ अंक जोडेका भएपनि ‘हेड टु हेड’को आधारमा पुलिस समूह विजेता बनेको हो ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको पहिलो खेल सशस्त्र प्रहरी र त्रिभुवन आर्मी तथा दोस्रो खेल मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलबीच हुनेछ ।