Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


७५ जिल्लालाई विस्थापित गर्न मिल्दैन : पौडेल


0
Shares

                                                                                              फाइल फोटो
नेता पौडेलले मंगलबार बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने–‘मधेसमा बस्ने जनता पनि नेपाली नै हुन्, उनीहरुमा राष्ट्रप्रतिको माया कसैभन्दा कम छैन ।’

स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको संख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नम्बर–२ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्न जाने देखिएकाले पुरानै संरचनाअनुसार निर्वाचन गराउन कांग्रेसले प्रस्ताव गरेको उनले बताए ।

एक प्रसंगमा ‘लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भइ स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने’ बताउँदै अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत् जिल्लाको स्थान सुरक्षित रहनुपर्ने विचार नेता पौडेलले व्यक्त गरे । रासस