
यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।
‘अहिले हामी एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमका मोबाइलमा चल्ने एमको अन्तिम परीक्षणमा छौं ।
यो एम जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यवसायिक रुपमा सञ्चालनमा रहेको अनलाइन फारम भर्ने स्थानमा गएर लाइन वस्नु पर्दैन’ सूचना अधिकृत सुवेदीले भने ।
मोबाइल एपको प्रयोगमार्फत आवेदनकर्ताले अनलाइन फाराम भनेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।
-कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्