 
	    काठमाडौं, पुस १३ । नेकपा (एमाले) ले संविधान संशोधन प्रस्तावको यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका नेकपा (एमाले) सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
उक्त विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बुधबारको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्