
अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई मंगलबार राति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
१ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।
उनलाई बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराएर फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतको दुईओटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०७२ चैत १६ गते २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै, काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो ।
भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्दामा २०७२ मंसिर ७ गते २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेत भने वर्षौंदेखि फरार थिए ।
प्रतिक्रिया दिनुहोस्