२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


साझा बचाउन हरसम्भव प्रयास गर्छु : प्रधानमन्त्री


0
Shares

साझा प्रकाशनले बुधबार पुल्चोकस्थित साझा परिसरमा गरेको साझा सम्मानमा उनले साझा प्रकाशनका लागि आफूले ४० करोड रुपैयाँ अनुदान दिन चाहेको भएपनि विभिन्न कारणले ३० करोडमात्रै दिलाउन सकेको बताए ।

मन्त्रिपरिषदको बैठकले केही दिनअघि १४ करोड रुपैयाँ जनक शिक्षा सामग्री केन्द्रलाई दिनुपर्ने शर्तसहित साझालाई ३० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

कार्यक्रममा सहभागी अरु वक्ताहरुले साझालाई बचाउन ‘साझाबाट जनक शिक्षा सामग्रीले खोसेको’ छपाइको काम पुनः साझालाई नै दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली साहित्यका शिखर व्यक्तित्वहरु माधव घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षितलाई जनही २५ हजार एक सय एक रुपैयाँ राशीसहित अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा साहित्यकार निनु चापागाइँको ‘पूर्ववाद र सइदेली विचार’ र प्रा.डा. ताराकान्त पाण्डेयको ‘मार्क्सवाद, संस्कृति अध्याय र साहित्यको समाजशास्त्र’ पुस्तकको लोकार्पण पनि गरिएको थियो ।