कृषि वनसम्बन्धी नीति–निर्माण गर्न सजिलो होस् भन्ने उद्देश्यले छलफल

नेपाल कृषि वन कोषको आयोजनामा भएको गोष्ठीमा विभिन्न जिल्लाका वन कार्यालयका प्रमुख, कृषि कार्यालयका प्रमुख, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, वन विज्ञ तथा वन मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल कृषि वन कोषका कार्यकारी निर्देशक डा. स्वयम्भूमान अमात्यले भविष्यमा कृषि वनसम्बन्धी नीति–निर्माण गर्न सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
गोष्ठीमा वनविज्ञहरु गिरिधर अमात्य, डा. बलराम भट्ट, मुरारीराज जोशी, शेरबहादुर श्रेष्ठलगायत १२ जनाले कृषि तथा वनसम्बन्धी कार्यपत्र प्रस्तुत् गरेका थिए ।