Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


औषधि पसलको मासिक भाडा २८ लाख रुपैयाँ !


0
Shares

सर्वोच्च अदालतको आदेशविरीत अस्पताल परिसरमा महंगोमा सटर भाडामा लगाएको हो । सर्बोच्च अदालतले २०७२ साल असार १३ गते सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमसित दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठकर गर्दै अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नु पर्ने आदेश दिएको थियो ।

तर शिक्षण अस्पताल परिसरभित्र रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलेृ सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर मासिक २८ लाख १ हजार रुपैयाँ लिँदै आएको छ ।

निजी फार्मेसीलाई सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालन गर्न दिँदा औषधि गुणस्तरीयता कायम नहुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

-गोरखापत्र दैनिकबाट