बोर्डिङ स्कुलभित्रै कामदार महिलाको हत्या « Image Khabar


बोर्डिङ स्कुलभित्रै कामदार महिलाको हत्या


Imagekhabar
१४ पुष २०७३, बिहीबार १०:४४

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा बुधबार राति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताए ।

पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्