२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


वाइवाई अब युरोपमा उत्पादन हुँदै


0
Shares

युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको छ ।

सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ ।

सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ । उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ ।

-नयाँ पत्रिका दैनिकबाट