अष्ट्रेलियामा नयाँवर्षमा आतंकवादी हमलाको धम्की दिने पक्राउ

नयाँवर्षमा आतंककारी आक्रमण गर्ने धम्की दिने ४० वर्षका ती व्यक्ति बेलायतबाट अष्ट्रेलिया आउनेक्रममा विमानस्थलबाटै पक्राउ परेका हुन् ।
अष्ट्रेलियाको सिड्नीमा १० लाख व्यक्तिले नयाँवर्ष मनाउने तयारी गरिरहेकैबेला ती व्यक्तिले आतंकवादी हमला गर्ने धम्की दिएको बीबीसीले जनाएको छ ।
सुराकीको आधारमा पक्राउ परेका ती व्यक्ति कुनैपनि आतंकवादी समूहसँग आबद्ध नभएको पनि जनाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।