पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड गएपछि पारसको जन्मदिनमा सुनसान « Image Khabar


पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड गएपछि पारसको जन्मदिनमा सुनसान


Imagekhabar
१६ पुष २०७३, शनिबार ०६:५०

नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको हो ।

बुहारी हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् ।

पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् ।

ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो ।
-नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्