
नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको हो ।
बुहारी हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् ।
पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् ।
ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो ।
-नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्