
सोमवारदेखि वेपत्ता रहेका ग्रीसी राजदूत किरीआकोस अमरिदिसको शव बिहीवार रियो दि जिनेरोको बाहिरी क्षेत्रमा फेला परेको थियो ।
एक जलेको कारमा उनको शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । अमरीदिसकी पत्नीको स्थानीय एक प्रहरीसँग सम्बन्ध चलिरहेको र त्यही कारण दुई जना मिलेर राजदूतको हत्या गरिएको आशंका प्रहरीले गरेको छ ।
१५ वर्षदेखि साथ रहेका अमरीदिस र उनकी पत्नीका तर्फबाट दश वर्षकी एक छोरी पनि छिन् ।
अमरीदिस आफ्नी पत्नी फ्रांस्वा र आफ्ना बाबुआमाका साथ क्रिसमस मनाउन नोवा इग्वासु नामक स्थानमा गएका थिए ।
राजदूतको पती पत्नी बसेको घरको सोफामा रगत फेला परेकाले उनलाई घरमै मारेर फालेको आशंका प्रहरीले गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्