
भारतबाट ल्याइएको बिजुली शनिबार रातिदेखि राष्ट्रिय प्रशासर लाइनमा थपिएको छ । भारतबाट ल्याइएको समेत ५३ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा थपिएको हो ।
विजुली थपिएसँगै मुलुकभर लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने बताइएको छ । मुलुकलाई लोडसेडिङ मुक्त गर्ने अभियानअन्तर्गत बिजुली थप गरिएको उर्जा मन्त्रालयका सहसचिब दिनशकुमार घिमिरेले बताए ।
‘शनिबार राति १२ बजेदेखि भारतबाट ४० मेगावाट बिजुली आउनेछ,’ उनले भने, ‘१३ मेगावाट बिजुली स्वदेशी आयोजना मादीबाट थपिएको छ ।’ ५३ मेगावाट बिजुली थपिएपछि अब लोडसेडिङ हुने सम्भावना नरहेको सहसचिब घिमिरेले बताए ।
-नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्