Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


प्रभु बैंकद्वारा ताप्लेजुङमा शाखा विस्तार


0
Shares

ताप्लेजुङ, चैत ३ । प्रभु बैंकले ताप्लेजुङमा शाखा स्थापना गरेको छ ।

सदरमुकाम फुङ्लिङमा १६६औं शाखाकारुपमा बैंक स्थापना गरी आइतबारदेखि कारोबार सुरु गरेको छ ।

शाखाको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे ।

यस क्षेत्रमा सर्वसुलभरुपले वित्तीय कारोबारमा सहयोग पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।