
नयाँवर्षको सन्देशकाक्रममा किमले अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसायल परीक्षणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् ।
‘बलियो शत्रुले पनि छुन नसक्ने गरी पूर्वमा पनि सैन्यशक्ति तयार रहेको’ किमको जिकिर थियो ।
गत वर्षमात्र प्योङयाङले दुईओटा आणविक परीक्षण गरेको थियो । योसँगै उत्तरले महत्वपूर्ण आणविक क्षमता विकास गरेको भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघले प्रस्ताव नै पारित गरी उत्तरलाई आणविक र मिसायल परीक्षण समाप्त गर्न भनिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्