
दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक–अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ, सोहीअनुसार सूचीको आदान–प्रदान भएको हो ।
दुबै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँदिल्ली र इस्लामावादमा आणविक सूचीको आदान–प्रदान गरिएको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।
दुई देशबीच आणविक हतियार सूचीको आदान–प्रदान हरेक वर्ष जनवारी १ मा हुने गर्छ ।
सन् १९८८ को डिसेम्बर ३१ मा आणविक हतियारबारे सम्झौता भइ यसलाई सन् १९९१ को जनवरीदेखि कार्यान्वयनमा लगिएको हो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्