पुस २३ गते नेवाः एकता दिवस मनाइने « Image Khabar


पुस २३ गते नेवाः एकता दिवस मनाइने


Imagekhabar
१८ पुष २०७३, सोमबार १९:३५

७ वर्षअघि दशरथ रंगशालामा भएको भेलाले ‘नेवाः स्वायत्त राज्य’ घोषणा गरेको स्मरणमा सातौं नेवाः एकता दिवस मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले ललितपुरको पुल्चोकमा भेला भइ बाजागाजासहित मंगलबजारकोतमा पुगी सभामा परिणत हुने जनाएको छ ।

समितिले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान, संविधानमा नेवाः राज्य सुनिश्चित हुनुपर्ने, नेपालभाषा सरकारी कामकाजमा प्रयोग हुनुपर्ने, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने, आदिवासीहरुलाई हानि पुग्ने संरचना निर्माण रोक्नुपर्नेलगायतका माग पनि विज्ञप्तिमार्फत् उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्