 
	    विद्यार्थी, कर्मचारी र आन्तरिक पर्यटकले समेत पाल्पामा उत्पादन गरिएका जुत्ता मन पराएपछि जुत्ता व्यवसायसमेत बढेको छ ।
सस्तो, राम्रो र बलियो भएकाले उपभोक्ताको रोजाइमा स्थानीय जुत्ता परेको हो । अहिले तानसेन बजारमा मात्रै जुत्ता उत्पादन गर्ने १३ वटा कारखाना छन् ।
पाल्पामा ४ सयदेखि ४ हजार रुपैयाँसम्मका जुत्ता उत्पादन हुँदै आएका छन् । आधुनिक जुत्ता बनाउने तालिम लिएपछि आफूहरुले पनि सोही अनुसारका जुत्ता उत्पादन गरेका कारण पनि राम्रो बजार पाएको व्यवसायीहरु बताउँछन् ।
पाल्पामा उत्पादित जुत्ता गुल्मी, स्याङ्जा र अर्घाखाँचीमा समेत निकासी गर्ने गरेको व्यवसायी बताउँछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्