प्राधिकरणका तीन सन्चालकलाई निरन्तरता नदिने आदेश « Image Khabar


प्राधिकरणका तीन सन्चालकलाई निरन्तरता नदिने आदेश


Imagekhabar
१९ पुष २०७३, मंगलवार १९:०४

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सन्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो ।

बर्खास्त गरिएका तीन सन्चालकले पुस १३ गते आफूहरूको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले मंगलबार सो अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेपछि मुद्दाको अन्तिम टुंगो नलागेसम्म सदस्यत्रय पदमुक्त हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्