२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मंगलबार सुनको भाउ २ सयले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलाको ५२ हजार ७ सय रुपैयाँमा स्थीर रहेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय ४८ डलर हाराहारीमा कारोबार भएको थियो ।