
विभागमा मंगलबार सम्पन्न अवैध मदिरा नियन्त्रण समन्वय समितिको बैठकमा उनले ऐन–नियममा भएका व्यवस्थालाई अटेर गरी मदिराजन्य पदार्थको कारोबार गर्नेमाथि हदैसम्मको कारबाही गरिने पनि दाबी गरे ।
उनले राजस्व असुली, जनस्वास्थ्य र सामाजिक सदाचारितासँग प्रत्यक्ष सरोकार रहने मदिराजन्य पदार्थहरुको अवैध कारोबार नियन्त्रण गर्न विभाग सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै नियम र कानुनको परिपालना गरी वैधरुपमा कारोबार गर्ने करदातालाई पर्न गएका व्यवहारिक समस्या समाधान गर्न विभाग तयार रहेको र व्यवसायीसँग पनि विभागले सहकार्य र सहयोगको अपेक्षा गरेको पनि महानिर्देशक शर्माले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्