कोशी करिडोरको ट्रयाक खोल्ने काम अलपत्र, काम नगर्ने ठेकेदारको अड्डी « Image Khabar


कोशी करिडोरको ट्रयाक खोल्ने काम अलपत्र, काम नगर्ने ठेकेदारको अड्डी


Imagekhabar
२० पुष २०७३, बुधबार ११:३६

सरकारको उच्च प्राथमिकतामा रहेको यस सडक वन कार्यालय र ठेकेदारको कारण अलपत्र परेको हो ।

सुरुमा वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरेको भन्दै वन कार्यालयले काम रोकेर ढिलाई भएको सडक अहिले प्रभाव मूल्याङ्कन भएपनि ठेकेदारको बहानाबाजीका कारण काम हुन नसकेको हो ।

६० किलोमिटर ट्रयाक खोल्ने काम दुई वर्षअघिनै सकाइसक्ने लक्ष्य सडक विभागको भएपनि अहिले ठेकेदारले मूल्य समायोजन गर्नुपर्ने भन्दै काम नथालेको सडक आयोजनाले जनाएको छ ।

घुर्मीदेखि चतरासम्मको १ सय ६७ किलोमिटर मध्ये ६० किलोमिटर ट्रयाक खोल्न चार वर्ष पहिला नै टेन्डर गरिएको मध्य पहाडी लोक मार्ग पूर्व क्षेत्र आयोजनाले जनाएको छ ।

काम सम्पन्न भएपछि यस सडकले उदयपुरको १८ गाविसलाई सडक संजालमा जोड्ने छ ।

प्रतिक्रिया दिनुहोस्