२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बुधबार पनि सुनको मूल्य बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

सुनको मूल्य मंगलबार पनि तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय ६६ डलर हाराहारीमा कारोबार भएको थियो ।