
उक्त दुर्घटनापछि ट्रकलाई नियन्त्रणमा लिइ आगजनीको प्रयाससँगै राजमार्ग अवरुद्ध गराउनेक्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ४ प्रहरीसहित १६ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ६१८० नम्बरको ट्रकले ठक्कर दिँदा पन्सेरा गाविस–९ का ११ वर्षीय अर्जुन रामको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनालगतै स्थानीयबासिन्दाले ट्रकलाई नियन्त्रणमा लिइ तोडफोड र आगजनीसहित राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्