
म्याग्दीको बेनी, झि, घ्यासीखर्क, फेदी हुँदै दक्षिण बेसक्याम्पसम्मको पदमार्गको शुभारम्भ गरिएको हो ।
म्याग्दी उद्योग वाणिज्य संघले विहीबार राधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पदमार्गको शुभारम्भ गरेका हुन् ।
घुमफिर वर्ष २०७३ को अवसर पारेर ‘अग्र्यानिक दुरिजम’कारुपमा यो पदमार्गको विकास गरिएको कार्यक्रमका संयोजक म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए ।
यो विश्वमै सबैभन्दा छोटो समय तीन दिनमा ४ हजार मिटरमाथि पुगिने पदमार्ग भएका दाबी पनि गरिएको छ ।
संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले संस्कृति, पर्यटन प्रबद्र्धन गर्ने संघको लक्ष्यअनुरुप यो पदमार्गको प्रवद्र्धनका लागि लागिपरेको बताए ।
स्थानीय विभिन्न क्षेत्रको सहयोगमा आफूहरुले सम्भावनाको उजागर गरेको र यसमा सबै सरोकारवाला निकायहरुको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।
यस क्षेत्रको पूर्वाधार विकासमा राज्यको सरोकारवाला निकायहरुले अग्रसरता लिनुपर्नेमा पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्