
उद्यमी अखिलकुमार चापागाइँको अध्यक्षतामा संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षद्वयमा अनुज रिमाल र चाङ अग्रवाल चयन भएका छन् भने महाचिवमा उमेश रायमाझी चुनिएका छन् ।
संघ गठन घोषणा कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आफू आर्थिक सुधारका लागि मुख्य प्रस्थानबिन्दू नै निर्माणका लागि लागिपरेको दाबी गरे ।
संघका अध्यक्ष चापागाइँले संघ इजिप्सेली बजारमा नेपाली उत्पादनको निर्यात प्रवद्र्धन र नेपालमा इजिप्टको लगानी भित्र्याउन लागिपर्ने उद्देश्यका साथ स्थापना भएको बताए ।
हाल नेपाल इजिप्टबीचको व्यापार निराशाजनक रहेको छ । दुई देशबीच उच्च व्यापार घाटा रहेको छ ।
२०१६ को यस अवधिसम्म नेपालले इजिप्टबाट १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात मात्र १ लाख १६ हजार रुपैयाँ रहेको छ ।
संघ यो उच्च व्यापारघाटाको खाडल पुर्न लागिपर्ने अध्यक्ष चापागाइँले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्