
कार्यक्रमको नेपाल सरकारका मुख्यसचिव डा.सोमलाल सुवेदीले उद्घाटन गरेका थिए ।
मुख्यसचिव सुवेदीले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टेक समिटलाई निरन्तरता दिनुपर्ने बताए ।
साथै उनले नेपालमा सप्mटवेयर क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरोकारवाला सबैले समन्वयकारी भूमिका खेलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
साथै, उनले सरकारलाई प्रविधि क्षेत्रका व्यक्तिहरुले सल्लाह सुझाव दिएर सहयोग गर्नुपर्ने पनि बताए ।
महासंघका अध्यक्ष इन्जिनियर विनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरुको विकास र विस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
महासंघका महासचिव विश्वराम बलामीले नेपाली सफ्टवेयर कम्पनी तथा सफ्टवेयरको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
सफ्टेक समिटमा विभिन्न सफ्टवेयर कम्पनीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा प्रवद्र्धन गरेका थिए ।
समिटमा छनोटमा परेका १० ओटा सफ्टवेयर कम्पनीहरु सहभागी थिए । ती कम्पनीहरुले आफूले उत्पादन गरेको विभिन्न सफ्टवेयरहरु प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई ती सफ्टवेयरकाबारेमा जानकारी दिएका थिए ।
समिटमा विभिन्न मन्त्रालय, बैंक, अस्पताललगायत सूचना प्रविधिसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्