
शनिबार राजधानीमा अयोजित एक कार्यक्रममा प्रतियोगितामा सहभागी हुने ६ टोलीहरुले बोलकबोलमार्फत् खेलाडी छनोट गरेका हुन् ।
कुल २०० भन्दा बढी खेलाडी सहभागी अक्सनमा चारजना खेलाडीहरुका लागि क्लबहरुले अधिकतम् सीमा तोकिएको एक लाख रुपैयाँ खर्च गरेका छन् ।
यसरी एक लाख रुपैयाँमा अनुबन्धित हुने खेलाडीहरुमा सोमपाल कामी, सागर पुन, करन केसी र मेहबुब आलम रहेका छन् ।
यसैगरी, नरेश बुढाऐरका लागि ९५ हजार रुपैयाँ खर्च गरिएको छ ।
अलराउन्डरहरु प्रदीप ऐरी र पृथु बास्कोटाका लागि क्लबहरुले ९० हजार रुपैयाँ खर्च गरेका छन् ।
पहिलोपटक नयाँ ढाँचामा आयोजना हुन गइरहेको डीपीएल क्रिकेटले घरेलु क्रिकेट संरचनामा नयाँ उर्जा थपेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बताउँछन् ।
यही चैत ५ गतेदेखि धनगढीमा आयोजना हुन गइरहेको सगरमाथा सिमेन्ट डीपीएल क्रिकेटमा टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, कन्चनपुर आइकोनिक, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स रहेका छन् ।
पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीमा आवद्ध मुख्य खेलाडीहरुमा राजु रिजाल, आरिफ शेख, पृथु बास्कोटा, सौरभ खनाल, अनिल मण्डल, अमरसिंह राउटेला, आदिल खानलगायतका खेलाडीहरु रहेका छन् ।
यसैगरी, विनोद भण्डारीको कप्तानीमा रहेको कन्चनपुर आइकोनिकका खेलाडीमा सिद्धान्त लोहनी, चन्द्र साउद, सुनील धमला र अभिनाष कर्ण रहेका छन् ।
शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्समा सुवास खकुरेल, राजेश पुलामी, विक्रम सोबलगायतका खेलाडी छन् भने बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले सोमपाल कामी, सन्दीप जोरा, हरिशंकर शाहलगायतका खेलाडीलाई टिममा भित्र्याएको छ ।
शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंग्सले जितेन्द्र मुखिया, आशिफ शेख, पवन शराफ, दीपेन्द्र ऐरी र भेट्रान खेलाडी प्रफुल्ल वैद्यलाई टिममा भित्र्याएको छ ।
यसैगरी, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सीवाइसी अत्तरियाको मुख्य खेलाडीहरुमा करण केसी, सन्दीप सुनार, प्रदीप ऐरी, दिलीपनाथलगायतका खेलाडीहरु रहेका छन् ।
प्रतियोगिताको विजेताले १५ लााख रुपैयाँ पुरस्कार जित्नेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले संयुक्तरुपमा आयोजना गरेको यो प्रतियोगिता ‘राउन्ड रोबिन लिग’को आधारमा सन्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्