
शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै झापा–११ ले उपाधि चुमेको हो ।
झापालाई उपाधि दिलाउनेक्रममा कर्ण लिम्बूले २ गोल गरे भने सशस्त्रका टोप बिष्टले एक आत्मघाती गोल गरेका थिए
खेलको सुरुआतदेखि नै दबाबमा परेको सशस्त्रले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।
उपाधिसँगै झापा–११ ले चार लाख एक हजार रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता सशस्त्रले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्