
घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हगुल्टे लेकमा परेको हिमपातले अवरुद्ध भएको बाटो खुलाएर फर्कने क्रममा डडेल्धुरास्थित गरुड दल गणको नेपाली सेनाको लु १ क २९४ नम्वरको ट्रक चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करीब २५ फीट तल भीरमा खसेको हो । घाईतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्