२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मानवअधिकार सम्बन्धी पुस्तक विमोचित


0
Shares

ललितपुरको लगनखेलमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले शिवदत्त भण्डारीद्वारा लिखित उक्त पुस्तक विमोचन गरे ।

पुस्तकमा विशिष्ट रुपमा आयोग र आयोगका निकायहरुले द्वन्द्वसँग सम्बन्धित मानव अधिकारको उल्लंघनका घटनामा दण्डहीनताको अन्त्यका लागि निकै महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ ।

पुस्तकमा राष्ट्रिय मानव अधिकार निकायहरुलाई प्राप्त अधिकारको आधारमा उनीहरुले मानव अधिकारको राष्ट्रिय सुरक्षा कवचको रुपमा मुख्य भूमिका खेल्नुपर्ने दायित्व औंल्याइएको छ ।