३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


विकास निर्माणमा कमसल सामग्री प्रयोग भएको गुनासो


0
Shares

कम मूल्य तथा कमसल खालका सामग्रीको प्रयोग बढ्दै जाँदा निर्माण गरिएका भौतिक संरचना दीर्घकालीन रुपमा टिकाउ नहुने भन्दै स्थानीयले गुनासो गरेका हुन् ।

रसुवामा निर्माण सामाग्रीको गुणस्तर मापन गर्ने ल्यावसमेत नहुँदा कमसल सामाग्री प्रयोग गर्ने गरिएको छ । जिल्ला विकास समिति तथा अन्य कार्यालयले सरकारी भवन, खानेपानी, कृषि सडक तथा झोलुङ्गेपुल निर्माण गर्दा प्रयोग गरिने सिमेन्ट, बालुवा, रड, पाइप तथा इँटालगायतका सामाग्रीको गुणस्तरमापनबिना नै प्रयोग गरिएको स्थानीयको भनाइ छ ।

जिल्ला प्राविधिक कार्यालय रसुवाका इन्जिनियर मदन आले मगरले ल्याब नभएकै कारण प्राविधिकले नक्सा तथा डिजाईनका आधारमा निर्माण गरिएका संरचना हेरेरमात्र प्रारम्भिक मूल्यांकन तथा अन्तिम मूल्यांकन सम्बन्धित निकायमा पेश गर्ने गरेको बताए ।