‘कतारमा कार्यरत् चार लाख नेपालीको हित सुनिश्चितता भ्रमणको पहिलो प्राथमिकता’

फाइल फोटो
आफ्ना कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अलथानीको निमन्त्रणामा कतार प्रस्थान गर्नुअघि विमानस्थलमा सन्चारकर्मीमाझ उनले भने–‘कतारमा कार्यरत् नेपालीको हक-हितको रक्षा तथा अन्तर्राष्ट्रिय मापदन्डअनुसारको सुविधा प्राप्तिकानिम्ति विशेष जोड दिनेछु ।’
नेपाल र कतारबीच पारस्परिक सहयोग अभिवृद्धिका साथै नेपालको आर्थिक विकासमा कतारी लगानी आकर्षित गर्ने विषयमा पनि छलफल गर्ने जानकारी दिँदै उनले आपसी सहयोगका क्षेत्रहरु पहिल्याउनेमा छलफलकेन्द्रित रहने बताए ।
कतारका अमिर र श्रममन्त्रीसँगको भेटवार्तामा नेपालको राष्ट्रिय हित तथा श्रमिकका समस्या समाधानमा केन्द्रित रहेर छलफल गर्ने बताउँदै परराष्ट्रमन्त्रीले श्रम शोषण नहोस् र समयानूकुल तलब–भत्ता वृद्धिबारे पनि कुरा राख्ने जानकारी दिए । रासस