
काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् । घटनामा कम्तिमा ८० जना घाइते भएका छन् ।
यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् ।
त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । त्यहाँ गुप्तचर विभागका अधिकारीले प्रयोग गर्ने गेष्ट हाउसलाई लक्षित गरि आक्रमण गरिएको थियो ।
संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिबानले लिएको छ । राष्ट्रपति अशरफ घानीले आक्रमणमा संलग्न सबैलाई दण्डित गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्