Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


माओवादीका कारण पृथ्वीजयन्तीमा बिदा दिन नसकेको ओलीले गरे खुलासा (भिडियोसहित)


0
Shares

२९५औं पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार दिउँसो राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वीजयन्तीमा बिदा दिन खोजेको तर अहिले सरकारको नेतृत्व गरेको दलका कारण बिदा दिन नसकेको खुलासा गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता केसीले पृथ्वीनारायण शाहले ‘प्लटिङ गरिएको मुलुक एकीकरण गरेकोमा अहिले फेरि प्लटिङ गर्ने कोसिस भइरहेको’ टिप्पणी गरे ।

यस्तै, राप्रपाका अध्यक्ष कमल थापाले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसकोरुपमा मनाउन र सार्वजनिक बिदाका लागि आफूहरुले लामो समयदेखि प्रयास गरे पनि सफलता हात लाग्न नसकेको भन्दै दुःख मनाउ गरे ।

चियापानमा प्रधानमन्त्री दाहाल, एमाले ओलीसहित, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, प्रधानसेनापति राजेन्द्र क्षत्री तथा सैनिक अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बहालवाला तथा भूपू अधिकृतहरु तथा पूर्वमन्त्रीहरु सहभागी थिए ।

यस्तै, व्यापारी, पत्रकार तथा कलाकारहरु, विदेशी कूटनीतिज्ञहरु र सर्वसाधारण पनि चियापान कार्यक्रममा सहभागी थिए ।

त्यसअघि, राप्रपाको टोलीले पनि सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

भिडियो हेर्नुहोस्