२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमा : सर्वेक्षण


0
Shares

राष्ट्रसंघ प्रमुखकारुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा बिदा लिएका बान विहीबार दक्षिण कोरिया आउँदैछन् ।

यसै हप्ता स्थानीय मत सर्वेक्षण संस्था ‘रियलमिटर’ले सोमबारदेखि बुधबारसम्म गरेको सर्वेक्षण परिणामअनुसार उनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ ।

मत सर्वेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्वप्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्वेक्षणमा देखाइएको छ ।

मिन्जो पार्टीका पूर्वप्रमुख मन जाइइनलाई एक हप्तापहिले गरिएको सर्वेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ ।

त्यसैगरी, तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन् । यो उनलाई यसअघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो । रासस/सिन्ह्वा