२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अमेरिकी उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान


0
Shares

अमेरिकी राष्ट्रपति बराक ओबामाले बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरेका हुन् । आश्चर्यजनकरुपमा सम्मान प्राप्त गर्दा उपराष्ट्रपति बिडेन निकै नै भावुक बनेका थिए ।

नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च अमेरिकी सम्मान हो । अमेरिकी जनता र मुलुकप्रतिको विश्वास एवं जीवनभरको सेवाका कदरस्वरुप सम्मान गर्न पाउनु गर्वको कुरा भएको राष्ट्रपति ओबामाले बताइरहँदा बिडेनका आँखा भने आँशुले भरिएका थिए ।

दुबै व्यक्ति ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

यही जनवरी २० मा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुबै पदबाट मुक्त हुनेछन् । कार्यक्रममा उपराष्ट्रपति बिडेनले आगामी दिन डेमोक्रेटिक पार्टीको राजनीतिमै समर्पित गर्ने बताए । (एजेन्सी)