१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पिसाब फेर्न निस्किएकाबेला हात्तीको आक्रमण, बालकको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जंगलीहात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।

यसअघि, गत मंगलबार जंगलीहात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो । रासस