३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


राज्यकोष रित्याउँदै लावालस्कर, महिनै पिछे भिआइपीको भ्रमणले हैरानी


0
Shares

जिल्ला आउने ‘भिआइपी’ का लागि सिंचाइले यो गाडी ‘ढुक्कै’ छुटट्याइदिएको छ । त्यसैले गाडीमा सेतो नम्बर प्लेट राखिएको छैन् ।

सेतो रंगको यो पजेरोमा हरदम राष्ट्रिय झन्डा झुन्डयाइएको हुन्छ । चालक दुखाराम चौधरी सफारी सुट र नेपाली टोपीमा तम्तयार रहन्छन् ।

आयोजनाको महगो गाडी यहाँ आउने ‘भीआइपी’ ओसार्नेबाहेक अन्य काममा प्रयोग गरिएको छैन् । आफ्नो कामका लागि प्रयोग नभए पनि गाडी मर्मतसम्भार, इन्धन र चालकको खर्च आयोजनाले बेहोर्दै आएको छ ।

‘भिआइपी’ आएका बेला एउटा गाडीले मात्र कहाँ पुग्छ र ! स्कर्टिङका लागि साइरनसहितको प्रहरीको गाडी चाहिन्छ । भिआइपीले कार्यकर्ता चढ्न सरकारी कार्यालयकै गाडी माग्छन् ।

शीर्ष तहका नेता, पूर्वप्रधानमन्त्री, मन्त्री र सरकारी निकायका भिआइपी आउँदा यस्तो दृश्य देख्न पाइन्छ । ‘भिआइपी’ को सवारी चलाउन तथा तिनको अघि देखापर्न चल्ने ‘तछाँडमछाड’ ले अनाहकमा राज्यकोष दोहन भइरहेको छ ।

पूर्वी नेपालमा तीन महिनायता १ सय ३१ पटक भिआइपीको ओहोरदोहोर भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च तहका भिआइपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्र पूर्वी नेपालमा महिनै पिछे भ्रमण गरेका छन् । -नागरिक दैनिकबाट