३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा


0
Shares

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका स्वकीय सचिवालय उनीहरुकै भाइ, छोरा, भतिजा र भान्जाले भरिएको छ ।

प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् । यसैगरी उनले भाइ नारायण दाहाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेको छन् ।

उपप्रधानमन्त्री कृष्णबहदुर महराले पनि छोरा राहुललाई स्वाकीय सचिवालयमा मनोनयन गरेका छन् । महाराका अर्का छोरा निर्मल पनि बाबुका अघोषित सल्लाहकार हुन् ।

सहरी बिकास राज्यमन्त्री मिठु मल्लले पनि छोरा रविप्रकाशलाई स्वकीय सचिवमा नियुक्त गरेकी छन् । पर्यटन राज्यमन्त्री इन्द्र बाँनियाले भतिजा शैलेन्द्रलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

श्रममन्त्री सूर्यमान् गुरुङले पनि भतिजा डिल्ली गुरुङलाई स्वकीय सचिव बनाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नाता पर्ने ईश्वरी ओझालाई स्वकीय सचिव नियुक्त गरेका छन् ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले पनि भतिजा रञ्जितकुमारलाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् । नागरिक दैनिकबाट