
ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।
त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ । देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।
खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा यस दिन भक्तजनको विशेष मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्