२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


परशुरामधाममा धुमधाम मेला, सयौं भक्तजनको भीड


0
Shares

मेलामा सहभागी हुन सुदूरपश्चिमलगायत विभिन्न जिल्लाबाट भक्तजन डडेल्धुरा पुगेका छन् ।

त्रेतायुगमा महर्षि जमदग्नी पुत्र भगवान परशुरामले कोटी होम गर्दा जलेर रहेको जौ तिल पछि सानासाना गिट्टी जस्तै देखिएको विश्वास गरिएको छ ।

हजारौं वर्षदेखि जस्ताको तस्तै रहेको चुनढुंगाको चट्टान र प्राकृतिक गुफा र टोड्कामा प्रवेश गर्दा मोक्ष हुन्छ भन्ने जनविश्वास रहेकाले यस मेलामा सहभागिको संख्या बढ्ने गरेको हो ।

परशुराम क्षेत्र कञ्चनपुरको महेन्द्रनगरबाट ४० किलोमिटर टाढा पर्छ भने डडेल्धुरा सदरमुकामबाट ९० किलोमिटर टाढा पर्दछ ।