३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संक्रान्तिबजारका अग्निपीडितलाई अमेरिका र डेनमार्कबाट १९ लाख सहयोग


0
Shares

ईवा घर भइ हाल ‘वाइट हेड’ नामक अमेरिकन कम्पनीमा कार्यरत् इन्जिनियर मदन ईङनाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा संकलित १२ लाख ११ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री शुक्रबार संक्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर ईङनामले जानकारी दिए ।

यस्तै, डेनमार्कबाटसमेत तीन लाख रुपैयाँ बढी नगद सहयोग प्राप्त भएको छ ।

अग्निपीडितकालागि हालसम्म पुनःनिर्माण तथा पुनःस्थापना कोषमा १६ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ भने सांसद सीता गुरुङले १५ लाख रुपैयाँ र प्रधानमन्त्री पुष्पकमल दाहालले १ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।