हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

इलाका प्रहरी कार्यालय माडीकाअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जंगली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै शनिबार यातायात बन्द गरेका हुन् । बन्दका कारण यहाँ सवारी रोकिएको छ ।
शुक्रबारमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो ।
सोही घटनाको विषयलाई लिएर खरकठ्ठाचोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् । रासस