
स्थापनाको १९ वर्ष पूरा गरेको अवसरमा शनिबार काठमाडौंमा गरिएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आरके मानन्धरले शुभकामना व्यक्त गर्दै सबैको साथ र सहयोगले ईमेज च्यानलले ‘टीनएज’ पूरा गरेको र अब फड्को मार्ने अवस्थामा पुगेको बताए ।
उनले ईमेज च्यानललाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि, अध्यक्ष मानन्धरले केक काटेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न लोककलाकारहरुले केही प्रस्तुतिसमेत दिएका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्