Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


नुवाकोटमा ३४ हल गोरुको घमासान, विजेतालाई चारहजार रुपैंयाँ


0
Shares

‘तारुकाको गौरव, नेपालको पौरख’ नारासहित तारुका गाविसको चन्दनीमा गोरु जुधाइएको हो ।

विजेता गोरुका धनीलाई ४ हजार रुपैयाँ, पराजित गोरुका धनीलाई २५ सय रुपैयाँ र बराबरमा टुंगेको गोरुका धनीलाई तीन–तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यस वर्षदेखि तारुकामा व्यावसायिक संस्थाले गोरु प्रायोजनसमेत गरेका थिए । दुई हल गोरुका धनीले प्रायोजनको रकमसमेत प्राप्त गरे ।

एक हललाई १०–१० हजार र अर्को एक हललाई ५–५ हजार रुपैयाँको प्रायोजन भएको थियो । बेत्रावतीमा विजेता गोरु धनीलाई दुई हजार रुपैया र पराजित तथा सहभागी गोरुका धनीलाई १५ सय रुपैया प्रदान गरिएको छ ।

पन्चकन्याका घलेभन्ज्याङमा विजेता गोरुका धनीलाई १५ सय रुपैया प्रदान गरिएको आयोजकले जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँडले तारुकामा गोरु जुधाइ प्रतियोगिता उद्घाटन गर्दै स्थानीय सस्कृति र परम्परालाई स्थानीयले नै उजागर गर्नुपर्ने बताए ।

मेलालाई व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले पहल गर्ने पनि उनको भनाइ थियो ।

प्रतियोगिताको रुपमा १८८७ देखि सुरु भएको गोरु जुधाई जात्रा ०६२ देखि सस्कृतिको संरक्षण तथा पर्यटन प्रबद्र्धनमा केन्द्रित रहेर व्यवस्थित गरिएको माघे सक्रान्ति गोरु जुधाई संरक्षण सस्थाका अध्यक्ष दिपेश शाक्यले जानकारी दिए । -नयाँ पत्रिका दैनिकबाट