२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विविध कार्यक्रमका साथ मनाइयो भूकम्प सुरक्षा दिवस


0
Shares

यस वर्ष ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने सन्देशका साथ यो दिवस मनाइएको हो । यसै अवसरमा काठमाडौंको साँखुमा ¥याली निकालियो ।

भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको आह्वानमा निकालिएको ¥यालीमा सर्वसाधारण, सरकारी उच्च पदस्थ कर्मचारी, सेना, प्रहरी, विभिन्न संघसंस्था लगायतको सहभागीता थियो । साँखु चोकबाट निकालिएको ¥याली नगरका विभिन्न ठाउँको परिक्रमापछि पुनः साँखु चोक पुगेर सभामा परिणत भएको थियो ।

यसैगरि शंखरापुर नगरपालिकाको आयोजनामा साँखु चोकमै विपद् व्यवस्थापन सम्वन्धी सामाग्रीको प्रदर्शनी गरिएको थियो ।

२०७२ साल वैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पु¥याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन । हजारौं नागरिकको मृत्यु, हजारौं अंगभंग र घाइते तथा लाखौंलाख नागरिक एकसाथ घरवारविहीन बनाएको वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणले अझै गति लिन सकेको छैन ।

पुनर्निर्माण प्राधिकरणमा भइरहेको राजनीतिकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुन सकेको छैन । भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि प्रभावितलाई दिइने भनिएको अनुदान रकमको पहिलो किस्ता पनि सबैमा पुगेको छैन । सुस्त र गतिहीन प्रशासन एवं अति राजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीले निकै तामझामका साथ शिलान्यास गरेका भवन र संरचना समेतमा एक वर्षको यस अवधिमा कुनै प्रगति भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको राजधानीभित्रकै रानीपोखरी र ललितपुरको बुंगमतिको बस्ती पुनर्निर्माणको काममा कुनै प्रगति भएको छैन ।

त्यसैगरी सिन्धुपाल्चोकमा प्रधानमन्त्रीले जग हालेको निजी घर निर्माणको काममा समेत कुनै प्रगति भएको छैन ।

उता, भूकम्पको केन्द्र गोर्खामा राष्ट्रपतिले शिलान्यास गरेको काम पनि अघि बढ्न सकेको छैन ।